संविधान संशोधन गरेर पनि माग पूरा हुन सक्छः डा बाबुराम

Baburam_Bhattaraiकाठमाडौँ, एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई संविधान संशोधन गरेर पनि आन्दोलनकारीको माग पूरा हुने विश्वास व्यक्त गरेका छन्।

संविधानको परिमार्जित विधेयक माथिको दफावार छलफल सकिएलगत्तै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै डा. बाबुरामले थपेको दुई दिनको समयमा आन्दोलनकारीसँग वार्ता र सहमति हुन नसक्नु दुःखद् भएको बताएका हुन् ।

उनले लेखेका छन्, थपेको दुई दिनको समयमा आन्दोलनकारीसंग वार्ता र सहमति हुन नसक्नु दुःखद ! अब केही छिनमा मतदान प्रक्रिया सुरू । संवाद जारी राखौँ । पछिपनि संशोधन हुन सक्छ ।’

सम्बन्धित शिर्षकहरु