यौनजन्य कृयाकलाप गरेको आरोपमा मलेसियामा नेपाली युवती पक्राउ

sexभदौ ९ । काठमाडौँ, मलेसियाको क्वालालम्पुरस्थित एक डान्स बारमा यौनजन्य कृयाकलाप गरेको आरोपमा तीन नेपाली युवती सहित १३ जना मंगलबार पक्राउ परेका छन् ।

उनीहरूलार्इ यहाँस्थित अध्यागमनले मंगलबार बारमा छापा मारी पक्राउ गरेको हो । नेपाली युवतीसहित चार भारतीय र दुर्इ बंगलादेशी युवती पनि पक्राउ परेका छन् ।

बारमा यौनजन्य कृयाकलाप गरेको आरोपमा पक्राउ पर्ने अन्यमा पाकिस्तानी र बंगलादेशी युवा रहेको यहाँको अध्यागमनले जनाएको छ । बारबाट एकजना  मलेसियन युवा पनि  पकाउ परेका छन् ।

नेपालबाट डान्स बारमा नाच्न नेपाली युवती ल्याइने चर्चा सुनिए पनि मलेसियन बारबाट नेपाली युवती पक्राउ परेको यो पहिलो घटना हो ।

पक्राउ परेकाहरूलाई केएलआइए अध्यागमनको हिरासत मा राखेर अनुसन्धान थालिएको छ । पक्राउ परेका नेपाली युवतीहरूको थप विवरण भने खुलइएको छैन ।
अन्नपूर्णपोष्टबाट

सम्बन्धित शिर्षकहरु