६ वर्षीया छोरीलाई दूध चुसाउने यि कस्ती महिला?

अष्ट्रेलिया, एक जना ५२ वर्षीया अष्ट्रेलियन महिला जो आफ्नो ६ वर्षीया हुर्किएकी छोरीलाई दूध चुसाउँछिन् । सामान्यतया बच्चलाई दुई वर्षको उमेर सम्म पनि राम्रोसँग ब्रेस्टफिडिङ गर्न नरूचाउने आमाहरूको भीडमा उनी अनौठो पात्र बन्न पुगेकी छिन् ।  माहा अल मुसाको नामबाट परिचित तीन सन्तानकी आमा ती महिला आफ्नो छोरीलाई दूध चुसाउन गर्व ठान्दछिन् । उनको अर्की अझ रमाइलो कुरा त के छ भने उनी रेल्वे स्टेसन या सार्वजनिक सवारीमा यात्रा गरिरहेको बखतपनि पटक–पटक आफ्नी छोरीलाई दूध चुसाउन पछि पर्दिनन् ।

australian

उनको त्यस्तो अनौठो बानीका कारण उनलाई कतिपय मानिसहरूले बालबालिकाप्रति यौनिक आशक्ति भएको मानिसको रूपमा बुझ्दछन्। तथापी उनी भन्छिन्, मानिसहरूले अचम्म मान्नु पर्ने कुरा केही छैन, म त्यही गरिरहेकी छु, जो एउटी पूर्ण आमाले गर्छे ।’ उनले जव छोरीलाई दूध चुसाएको फोटो सामाजिक सञ्जाल फेसवुकमा हालिन् तव त्यहाँ कमेन्टको वर्षा नै भयो । उनलाई गतिछाडेको र यौनिक आशक्ति देखाएको, हर्कत गरेको आदि इत्यादी नकारात्मक टिप्पणी आए ।
उनले त्यसको गर्नुको आसय भने नकारात्मक छैन । उनले बच्चालाई स्तनपान गराउन अरूलाई अभिमुखीकरण गर्न त्यसो गरेकी हुन्  । उनले सामाजिक सञ्जाल फेसबुकको बालमा पनि सोही कुरा उल्लेख गरेकी छिन् । र बच्चाले आमाको दूध चुस्न पाउने प्राकृतिक अधिकारको बचाउ गर्न आफूले त्यस्तो गरेको प्रष्टिकरण समेत दिएकी छिन् । ब्रेष्ट फिडिङ बच्चाको पौष्टिक आहार मात्र नभएर आमाको सुन्दरताको राज समेत भएको र यसले प्रजनन् स्वास्थ्यमा समेत फाइदा पुर्याउने उनको तर्क छ ।
हेरौँ भिडियोः

सम्बन्धित शिर्षकहरु