संविधानले कसैलाई काखा, कसैलाई पाखा नपारोस्ः पूर्व राजा ज्ञानेन्द्र

gyanendra1साउन ६ । काठमाडौँ, चार दलको १६ बुँदे सहमतिका आधारमा तयार भएको संविधानको पहिलो मस्यौदामा त्यसको विपक्षमा रहेकाहरु मात्र हैन सहमति गर्ने दलका नेता, सभासद र कार्यकर्ता पनि असन्तुष्ट छन् । जनताले दिएको सुझावर्ला हेर्दा मस्यौदा सबैलाई समेट्ने किसिमको नभएको स्पष्टै देखिएको छ ।

यस्तोमा लामो समयदेखि मौन रहँदै आएका पूर्व राजा ज्ञानेन्द्र शाहले कसैलाई काखा ल्याउने, कसैलाई पाखा पार्ने किसिमले संविधान नआओस् भन्दै सुझाव दिएका छन् ।

असन्तुष्ट दलहरुको विरोधका बीच नयाँ संविधानको मस्यौदामा आम जनताको राय सुझाव संकलन भैसकेको र सुझाव प्रक्रिया सकिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार सो सुझाव दिएका हुन् ।

बुधबार बसन्तपुर क्षेत्रमा रहेको ‘सानो पशुपति नामले चिनिने महादेव मन्दिरमा पूजाअर्चना सम्पन्न गरी मन्दिरबाट बाहिरिने क्रममा सञ्चारकर्मी भेटिएपछि उहाँले संविधानको मस्यौदाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

त्यस क्रममा उनले भने, ‘मस्यौदा जनता सामू पेश भएको छ, सबैको विचार समेट्ने काम होस् । जनताले पनि त्यही चाहेका छन् र हामीले पनि त्यही खोजेका छौं ।’

उनले भने– ‘कसैलाई काखा ल्याउने, कसैलाई पाखा पार्ने त्यस्तो कुरा कहीँबाट पनि हुनु हुँदैन । सबैको कुरा समेटियोस् । व्यवहारिक ढंगले केही न केही अर्को मस्यौदा आओस् भन्ने हाम्रो चाहना र सबै नेताअरुलाई आग्रह पनि छ ।’

सम्बन्धित शिर्षकहरु