मन्त्री रिजाल तथा अमेरिकी राजदूत बोडेबीच भेट

Minendra Rijalअसार ३०। काठमाडौँ,सूचना तथा सञ्चार मन्त्री डा मिनेन्द्र रिजाल तथा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत पिटर डब्लु बोडेबीच बुधबार सूचना तथा सञ्चार मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयबाट आज प्रकाशित विज्ञप्तिका अनुसार सो भेटवार्ताका अवसरमा राजदूत बोडेद्वारा नेपालका विद्यालय, क्लिनिकलगायत पर्यटन क्षेत्रको पुनःनिर्माण र विकासमा चासो राख्नुका साथै प्रभावकारी सूचना प्रवाह हुने कुरामा विश्वास व्यक्त गरे ।

नेपालको दूरसञ्चार क्षेत्रमा अमेरिकी सहयोगद्वारा क्षमता अभिवृद्धि गर्ने कुरा पनि सो भेटघाटका अवसरमा छलफल भएको थियो ।

उक्त भेटघाटमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र परराष्ट्र मन्त्रालयका अधिकृतको पनि उपस्थिति रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु