लिपुलेक नेपालकै होः दाहाल

prachandaअसार २४  । काठमाडौँ, एकीकृत नेकपा माओवादी ले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीलाई सुगौली सन्धिबाट कालापानी नदीपूर्वको भूमि नेपालको भएको र लिपुलेक त्यसमै पर्ने उल्लेख गरी पत्र पठाएको छ ।

केही दिनअघि बसेको सो पार्टीको केन्द्रीय समितिको  बैैठकले छिमेकी देशलाई पत्र पठाउने निर्णय गरेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई छुट्टाछुट्टै पत्र पठाएको स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले राससलाई आज जानकारी दिए ।

अध्यक्ष दाहाल यही असार २९ गते भारत जाँदै छन् ।

सम्बन्धित शिर्षकहरु