कांग्रेसबाटै सरकारको आलोचना

congressअसार १८ असार । काठमाडौँ,कांग्रेसका जिल्ला सभापतिहरूले भूकम्प र बाढीपहिरोका कारण गाउँदेखि जिल्लासम्मको अधिवेशन गर्न समस्या भएको बताएका छन् । उनीहरूले अधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्न मागसमेत गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारबाट सुरु भएको कांग्रेस जिल्ला सभापतिहरूको भेलामा महाधिवेशन, भूकम्पपछिको राहतसहितका विषयमा छलफल भएको थियो । कांग्रेसको १३औँ महाधिवेशन आगामी २४ देखि २८ भदौमा काठमाडौंमा गर्ने निर्णय छ ।
भूकम्पले घर, बस्ती भत्किने, बाटो बिग्रने, वर्षाको बाढीपहिरोले समस्या भएका कारण बागमती अञ्चल र अन्य केही जिल्लामा गाउँदेखि जिल्लासम्मको अधिवेशन केही समय सार्ने विषयमा भेलामा छलफल भएको धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारी जानकारी दिए ।

‘भूकम्पको विनाश र बाढीपहिरोका कारण गाउँदेखि जिल्लाको अधिवेशन केही पछि सार्नुपर्ने विषय उठेको छ,’ अधिकारीले नयाँ पत्रिकासित भने, ‘महाधिवेशन गर्नैपर्ने बाध्यता छ । तर, भूकम्पपछिको संकटपूर्ण अवस्थालाई देखाउँदै केन्द्रीय महाधिवेशन के गर्ने भन्ने विषयमा पनि कुरा उठेका छन् ।

छलफल भइरहेको छ । शुक्रबार धारणा तय गर्छौँ ।’ कांग्रेसले गाउँ र नगरको अधिवेशन १४ साउनमा, प्रत्येक निर्वाचन क्षेत्रको अधिवेशन २२ साउनमा गर्ने तय गरेको छ । त्यस्तै २६ साउनमा ७५ वटै जिल्लाको अधिवेशन गर्ने कार्यतालिका छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु