डेढ वर्षमा एमालेका चार मन्त्री बाहिरिए

sammelanअसार १८ । काठमाडौँ, महिलामाथि अश्लील व्यवहार गर्ने कृषिमन्त्री हरि पराजुलीले सर्वत्र विरोधपछि बिहीबार राजीनामा दिएका छन् । एमाले अध्यक्ष केपी ओलीलगायतले पद नछाडे बर्खास्त गर्ने चेतावनी दिएपछि पराजुलीले बिहीबार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई राजीनामा बुझाएका हुन् ।

पराजुलीले असार १५ गते राजधानीको मुलपानीमा धान रोपाइँ कार्यक्रममा महिलामाथि अश्लील व्यवहार गरेको तस्बिर र भिडियो सार्वजनिक भएको थियो । त्यसलाई लिएर सञ्चारमाध्यम, सामाजिक सञ्जालमार्फत व्यापक आलोचना भयो । उनलाई बर्खास्त गर्न सत्ता साझेदार एमालेको नेतृत्व र प्रधानमन्त्री सुशील कोइरालामाथि तीव्र दबाब परेको थियो ।

संसदमा विपक्षी सांसदहरूले पराजुलीलाई हटाउन माग गरेका थिए । त्यस्तै एमालेका नेताहरूले पनि उनलाई हटाउन नेतृत्वलाई दबाब दिएका थिए ।

पराजुलीले आफ्नो राजीनामा पत्रमा मिडियालाई दोषी देखाई चोखिन खोजेका छन् ।

कोइराला नेतृत्वको सरकारमा मन्त्रीबाट हट्ने एमालेका चौथो नेता पराजुली हुन् । यसअघि एमालेले कार्यशैली ठिक नभएको भन्दै ३ मन्त्री फेरेर नयाँलाई पठाएको थियो । सुरुमा पर्यटनमन्त्री भीम आचार्य र उद्योगमन्त्री कर्णबहादुर थापालाई एमालेले फिर्ता बोलायो । आचार्यको स्थानमा दीपक अमात्यलाई मन्त्री बनाइएको थियो । उनले पनि राम्रो काम गर्न नसकेको भन्दै फिर्ता बोलाएर गत महिना कृपासुर शेर्पालाई पर्यटनमन्त्री बनाइयो । एउटै मन्त्रालयमा डेढ वर्षमा तीन मन्त्री फेरिइसकेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु