ट्युनिसिया, कुवेत र फ्रान्समा एकसाथ आतंकवादी आक्रमण

kuwait-masdij-attack-650x420एजेन्सी । ट्युनिसिया, कुवेत र फ्रान्समा शुक्रबार भएका आतंकवादी आक्रमणमा कम्तिमा पनि ४१ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।

ट्युनियाको एक पर्यटक होटलमा भएको भीषण आक्रमणमा कम्तिमा पनि २७ जनाको मृत्यु भएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।

ट्युनिसियाका अधिकारीहरुले हतियारधारीहरुले गोली प्रहार गरि हत्या गरेको पुष्टि गरेका छन् ।

आतंकवादीहरुले एक संग्रहालयमा गरेको आक्रमणमा पर्यटक सहित २२ जनाको मृत्यु भएपछि मार्चदेखि उच्च सतर्कता अपनाइएको थियो ।

यता कुवेतको राजधानी कुबेत सिटीस्थित सबैभन्दा ठूलो शिया मस्जिदमा शक्तिशाली बम आक्रमणमा परि १३ जनाको मृत्यु भएको छ ।

कुवेत सिटीको पूर्वी भागमा रहेको अल इमाम अल सादिक शिया मस्जिदमा हजारौं मुस्लिमहरु प्रार्थना गरिरहेको समयमा बम आक्रमण भएको हो । मृत्यु हुने र घाइते हुनेहरुमा बालबालिका समेत रहेका छन् ।

३० वर्षीय अबु सुलेमान अल मुवाहेद नामका आत्मघाती आक्रमणकारीले हजारौं मुस्लिम धर्मावलम्बीका बीचमा पुगेर आफूलाई विस्फोट गराएका थिए । सिरिया र इराकमा आतंक मच्चाइरहेको आतंकवादी समूह आइएस निकटको आतंकवादी समूह दायसले आक्रमणको जिम्मा लिएको छ ।

यसैगरी शुक्रबार नै फ्रान्सको लियोन सहरमा पनि आक्रमण भएको छ । उक्त आक्रमणमा एक जनाको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षकहरु