राखेपको सदस्य सचिवमा बिष्ट नियुक्त

keshav-bistaअसार १० । काठमाडौँ,  युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य–सचिवमा केशव विष्टलाई बिहीबार नियुक्त गरेको छन्।

मन्त्री पौडेलले विष्टलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०४८ अनुसार नयाँ सदस्य–सचिवमा नियुक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।

विष्टलाई खेलकुद विकास ऐनको दफा ३ को उपदफा २ अनुसार सङ्घहरुको तर्फबाट परिषद् अध्यक्षले तीन सदस्य नियुक्त गर्न पाउने अधिकारअनुरुप विष्टलाई राखेपको सदस्यमा नियुक्त गरेलगत्तै सदस्य–सचिवमा नियुक्ति गरिएको हो । विष्ट सेपाटाक्रो सङ्घका कार्यबाहक अध्यक्षसमेत छन् ।

मन्त्री पौडेलले पौडी सङ्घको सिफारिसमा राजेन्द्र श्रेष्ठ र अखिल नेपाल फुटबल सङ्घको सिफारिसमा समिउल्लाहलाई राखेपको सदस्यमा नियुक्त गरेको मन्त्रालयका उपसचिव महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए ।

गत जेठ २८ मा युवराज लामाको कार्यकाल सकिएपछि सदस्य सचिव पद रिक्त थियो । नेपाली खेलकुद इतिहासमै पहिलो पटक महिलाले निमित्त सदस्य–सचिवका रुपमा शकुन्तला नगरकोटीले जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

सम्बन्धित शिर्षकहरु