ज्ञानेन्द्र ओपनिङमा आउन सक्ने

Gyanendra-Mallaअसार ८ । काठमाडौं, प्रमुख प्रतियोगिता अगाडि पनि ओपनिङ जोडीको समस्या यथावत् रहेको नेपालले ब्याटिङ क्रम परिवर्तन गर्ने सम्भावना बढेको छ । अर्को महिना आयरल्याण्डमा हुने विश्व ट्वान्टी–२० छनोट अगाडि नेपाल परिवर्तित ब्याटिङमा उत्रिए अनौठो हुने छैन ।

नेपाली टीम मंगलबार एक साताका लागि इङ्ल्याण्ड भ्रमणमा जाँदैछ । त्यहाँ खेलिने चार अभ्यास खेलमा गरेको प्रदर्शनका आधारमा ब्याटिङ्मा परिवर्तन हुन सक्ने प्रशिक्षक पुबुदु दासानायके बताउँछन् । विशेषगरी ओपनिङमा नेपाको ठुलो समस्या देखिएपछि उनले जोखिम लिन लागेका हुन् ।

पछिलो २ बर्षमा सुवास खकुरेलको ओपनिङ् जोडी भएर प्रदीप ऐरी, सागर पुन, नरेश बढाऐर आएका थिए । तर सुवासलाई कसैले दरिलो साथ दिन नसकेपछि दासानायकेले उपकप्तान ज्ञानेन्द्रलाई ओपनिङ्मा ल्याउन खोजेका छन् । दासानायके प्रशिक्षक भएर आएयता ज्ञानेन्द्रले तेस्रो नम्बरमा ब्याटिङ गर्दै आएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

सम्बन्धित शिर्षकहरु