नेयमार बिनानै ब्राजिल कोपा अमेरिकाको क्वाटर फाइनलमा

thiago_silva_Robinho_263340098असार ७ । एजेन्सी, प्रमुख स्ट्राईकर नेयमारबिना मैदानमा उत्रेको ब्राजिलले कोपा अमेरिकाको समूह चरणको अन्तिमखेलमा भेनेजुएलालाई पराजित गरेको छ ।

सोमबार बिहान चिलीमा भएको खेलमा भेनेजुएलालाईहराउने क्रममा पिएसजीका डिफेन्डर थियागो सिल्भा र रोर्बटो फिर्मिन्नोले एक एक गोल गरे ।

यो जितसँगै ६ अंक बटुलेको ब्राजिल समूह सीको बिजेत बन्दै क्वाटर फाइनलमा पुग्न सफल भएको छ ।

कोलम्बियाविरुद्धको खेलमा झगडा गरेपछि चार खेलमा प्रतिबन्धित प्रमुख स्ट्राईकर नेयमारबिना मैदानमा उत्रेको ब्राजिलका लागि सिल्भाले रोबिन्होको पासमा खेलको नवौं मिनेटमा गोल गरेका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको ब्राजिलले दोस्रो हाफमा अर्को गोल थप्यो । खेलको ५१ औं मिनेटमा विलियनको पासमा फिर्मिन्नोले गोल गर्दै अग्रता दोब्बर बनाए ।

स्पष्ट जित चाहिएको अवस्थामा भेनेजुएका लागि स्ट्राईकर निकोलस फेडोरले खेलको ८४ औं मिनेटमा गोल गरेपनि टिमका लागि त्यो पर्याप्त भएन ।

समूह सी अन्तर्गत बिहानै भएको खेलमा पेरु र कोलम्बियाले गोलरहित बराबरी खेले । यो बराबरीपछि दुबै टिमको समान ४÷४ अंक राम्रो गोलअन्तरका आधारमा पेरु क्वाटर फाइनल प्रवेश गर्यो ।

यसअघिको खेलमा ब्राजिललाई हराएको कोलम्बियाले पेरुविरुद्ध गोल गर्न सकेन । तर ब्राजिलले भेनेजुएलालाई पराजित गरेको फाइदा उठाउँदै कोलम्बिया पनि क्वाटर फाइनलमा पुग्यो । कोलम्बियाले क्वाटर फाइलनमा अर्जेन्टिनाको सामना गर्नेछ ।

सम्बन्धित शिर्षकहरु