विश्व खाद्य कार्यक्रमको चामल परीक्षण गर्न निर्देशन

काठमाडौं, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले विश्व खाद्य कार्यक्रमले भूकम्पपीडितलाई वितरण गरेको चामल तथा पेय पदार्थ तत्काल परीक्षण गर्न र गुणस्तरहीन भए हदैसम्मको कारवाही गर्न वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिएको छ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शान्तराज सुवेदीको अध्यक्षतामा बसेको सरोकारवाला निकायका पदाधिकारीको बैठकले विश्व खाद्य कार्यक्रमले वितरण गरेको चामल गुणस्तरहीन भए कारवाही गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको हो।बैठकले भूकम्प प्रभावित क्षेत्र गोरखाको लाप्राकलगायत विभिन्न स्थानमा वितरित चामललगायत खाद्य तथा पेश पदार्थ गुणस्तरहीन भएकोबारे वाणिज्य विभाWFP-Dalग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तत्कालै समन्वय गरी तीन दिनभित्र चामलको नमुना परीक्षण गरी त्यसको जानकारी प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउन बैठकले निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिनुभयो ।

विश्व खाद्य कार्यक्रम तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भूकम्पपीडित परिवारलाई वितरण गरिएको चामललगायत पेय पदार्थ गुणस्तरहीन भएको गुनासो आइरहेको तथा त्यस्ता पदार्थको नियमित परीक्षण गरी गुणस्तरहीन पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गर्न कृषि मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका जिम्मेजार पदाधिकारीसंग छलफल गरी विश्व खाद्य कार्यक्रममले वितरण गरेको खाद्य सामाग्रीमा अखाद्य र गुणस्तरहीन पाइएमा हदैसम्मको कारवाही गर्न निर्देशन दिएको सचिव सुवेदीले बताउनु भयो ।

छलफलमा वाणिज्य सचिव ङइन्द्र उपाध्याय, प्रधानमन्त्री कार्यालयका सहसचिवद्वय शंकर कोइराला र ऋषिराम शर्मा, कृषि विकास मन्त्रालयका सहसचिव उदय चन्द्र ठाकुर, गृह मन्त्रालयका सहसचिव रामेश्वर दंगाल, वाणिज्य विभागका महानिर्देशक शंभु कोइराला, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्ण लगायतको उपस्थिति थियो ।

सम्बन्धित शिर्षकहरु