एसएलसीमा अनुत्तीर्ण भएपछि आत्महत्या

woman-hang_self_1377317518_540x540असार ५ । तनहुँ, विसं २०७१ को एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि तनहुँमा एक छात्राले शनिबार आत्महत्या गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार भानु गाविस वडा नं २ निवासी १७ वर्षीया मनिषा पाण्डेले आत्महत्या गरेकी हुन् । मृतक पाण्डे संस्कृत माध्यमिक विद्यालय चुदीबाट एसएलसी परीक्षामा सहभागी भएकी थिइन् ।

उनले आफ्नै घरमा सलको पासो लगाई आत्महत्या गरेकी हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु