भौतिक पूर्वाधार मन्त्री नीधि र भारतिय बिदेशमन्त्री बीच भेटवार्ता

असार २ ।  काठमाडौं, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र नीधि र भारतिय बिदेशमन्त्री सुष्मा स्वराजबीच  आज दिउँसो भेटवार्ता भएको छ । दिउँसो चारवजे स्वराज निवासमा भएको भेटमा भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्याय, दुतावासका तीर्थ वाग्ले, भारतिय बिदेश मन्त्रालयको नेपाल डेक्स हेर्ने अभय ठाकुरको सहभागिता थियो ।

मन्त्री नीधिका अनुसार भारतिय बिदेशमन्त्री स्वराजले भुटानमा भएको चार देशका यातायातमन्त्रीस्तरिय बैठकमा भुटानमा ४ देशका यातायात मन्त्रीबीचको बैठकपछि भएको मोटर भेहिकल्स एग्रिमेन्ट फर दि रेगुलेसन अफ प्यासेन्जर, पर्सनल एन्ड कार्गो भेहिकुलर ट्राफिक बिटुवीन बंगलादेश, भुटान,भारत एन्ड नेपाल बीबीआईएन एमभीए’ सम्झौता भएकोमा बधाई दिएकी थिइन् । उनले यो संझौताले बंगलादेश, भुटान भारत र नेपालको आर्थिक बिकास र पर्यटन प्रवद्धनमा मद्दत पुग्ने बिश्वास व्यक्त गरकी थिइन् । नेपाल र भारत बीच भएका बिभिन्न समझदारीको कार्यन्वयनका लागि दुवै देशले गम्भिर भएर गृहकार्य गर्नुपर्नेमा स्वराजले जोड दिएको मन्त्री निधिले जानकारी दिए । यो  संझौता भएकोमा लण्डनमा उपचार गराई रहेकी बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले पनि चारै देशका यातायातमन्त्रीलाई टेलिफोन गरेर बधाई दिएकी थिइन् ।

भेटमा हुलाकी राजमार्गको  पहिलो चरणको निर्माणका लागि टेण्डर प्रक्रिया तत्काल अगाडि बढाउने र त्यसका लागि भारतको आर्थिक सहयोगमा सवै निर्माणको काम नेपाल सरकारले गर्ने पनि बिदेशमन्त्री स्वराजले जानकारी गराएकी थिइन् । हुलाकी राजमार्गको दोश्रो चरणको बिस्तृत परियोजना प्रस्ताव तयार गर्नका लागि भारतिय बिदेशमन्त्री स्वराजले भौतिक पूर्वाधार मन्त्री नीधि मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएकी थिइन् । भिठ्ठामोड जनकपुर सडक चार लेन र बाँकी दुई लेनको सडक निर्माणका लागि भारत सकारात्मक भएको भन्दै सोको बिस्तृत डिजाइन पठाएर काम अगाडि बढाउन समेत मन्त्री निधीलाई भारतले आग्रह गरेको छ ।

चार देशका यातायातमन्त्रीस्तरिय बैठकमा भुटान पुगेका भौतिक पूर्वाधार मन्त्री नीधिले भुटानी राजा संग समेत भेटवार्ता गरेका थिए । भुटानी राजाले नेपालमा भुकम्पले पु¥याएको क्षतिप्रति दुख व्यक्त गर्दै अर्को बर्ष नेपाल आउने इच्छा व्यक्त गरेका थिए । सो यातायात संझौता भएकोमा समेत भुटानी राजाले समेत बधाई दिएका थिए ।

सम्बन्धित शिर्षकहरु