अर्जेन्टिनाले साविक विजेता उरुग्वेलाई हरायो

असार २ । एArgentinianजेन्सी, चीलीमा जारी कोपा अमेरिका फुटबलमा साविक विजेता उरुग्वेलाई १४ पटकको च्याम्पियन अर्जेन्टिनाले हराएको छ । बुधबार बिहान सकिएको समूह बी को खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० ले हरायो । अर्जेन्टिनाका लागि सर्जियो अगुएरोले निर्णायक गोल गरे ।

समूह बी को अर्को खेलमा पाराग्वेले जमैकालाई १–० ले हरायो । पाराग्वेका लागि इद्गार बेनिटेजले निर्णायक गोल गरे । जीत संगै यी दुई टोलीले समूह बी बाट अघिल्लो चरण प्रवेशको सम्भावना बलियो पारेका छन् ।

पाराग्वेले २ पटक उपाधि जित्दा जमैकाले हाल सम्म उपाधि जित्न सकेको छैन । यस्तै, २२ वर्ष देखि उपाधिबिहिन लियोनल मेस्सी कप्तानीको अर्जेन्टिना यसपटक साविक विजेता उरुग्वे र ८ पटकको च्याम्पियन ब्राजिललाई पछि पार्दै उपाधि जित्ने दाउमा छ ।

समूहमा समान ४–४ अंक जोडेको अर्जेन्टिना र पाराग्वे क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । ३ अंक जोडेको उरुग्वे तेस्रो स्थानमा रहँदा चौथो स्थामा रहेको जमैका अंकबिहिन छ ।

आज ८ पटकको च्याम्पियन ब्राजिल र कोलम्विया भिड्ने छन् । ३ अंक जोडेको ब्राजित समूह सी को शीर्ष स्थानमा रहँदा पुछारमा रहेको कोलम्बिया अंकबिहिन छ ।

सम्बन्धित शिर्षकहरु