दुई किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

असार १ ।गौशाला,महोत्तरीको गौशालाबाट दुईकिलो चाँदीसहित एक भारतीय नागरिक पक्राउमा परेका छन ।

गौशाला नगरपालिका-८ स्थित मरहा पुलबाट सोमबार प्रहरीले दुईकिलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहारको सीतामढी जिल्लाको मुजेलिया-१६ बस्ने ४१ वर्षीय सुनिल सोनी रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।नेपालबाट अवैध रुपमा भारततर्फ चाँदी तस्करी गर्न लागेका सोनीलाई इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी नायब निरीक्षक रामबाबु राय यादवको नेतृत्वमा खटिगएको प्रहरी टोलीले गौशाला– ८ स्थित मरहा पुलमा शङ्का लागी चेकजाँच गर्दा उनको साथबाट दुई किलो चाँदी बरामद गरेको हो । भारतीय नागरिक सोनीलाई कारबाहीका लागि जिल्ला मूल भन्सार कार्यालय भिट्ठामोडमा बुझाइएको छ ।

सम्बन्धित शिर्षकहरु