राहत तथा पुनःवासका कार्यक्रम युद्धस्तरमा अघि बढाउन कमल थापाको माग

rpp-nepalजेठ ३२ । काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले भूकम्पपीडितलाई राहत तथा पुनःवासका कार्यक्रम युद्धस्तरमा अघि बढाउन माग गर्नुभएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अति भूकम्प प्रभावित क्षेत्रका पीडितलाई उपलब्ध गराउने भनेको न्यूनत्तम राहत सामग्री अहिलेसम्म पु¥याउन नसकेकामा चिन्ता व्यक्त गर्दै पीडितलाई उदारताका साथ सहयोग गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष थापाले मुलुकमा सामाजिक सद्भाव विथोल्न खोज्ने मानसिकताविरुद्ध सबैलाई एकजुट हुन भूकम्पले अवसर प्रदान गरेको विचार व्यक्त गर्दै भत्किएका संरचना पुनःनिर्माण तथा पीडितलाई मानवीय सहयोग गर्न राजनीतिक विचारभन्दा माथि उठ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौला, महासङ्घका अध्यक्ष चिराग कुँवरलगायतले भूकम्पपछि पीडितलाई राहत तथा पुनःनिर्माणका लागि पार्टीका विभिन्न सङ्गठनबाट २०० स्वयम्सेवक परिचालन गरिएको जानकारी दिँदै भक्तपुरको सुडालमा पीडितका लागि ३० अस्थायी टहरा निर्माणको कार्य भइरहेको बताउनुभयो ।

उक्त कार्यक्रममा १०० एकल महिलालाई दाल, चामललगायत दैनिक खाद्य सामग्री राहतस्वरुप उपलब्ध गराइएको थियो ।

सम्बन्धित शिर्षकहरु