सूचनाको हक लोकतन्त्रको प्राणवायु: आयुक्त पोखरेल

जेठ २३। गौशाला, राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले सूचनाको हक लोकतन्त्रको प्राणवायु रहेको बताउनुभएको छ ।

महोत्तरीको जलेश्वरमा आज राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी ऐन, २०६४ को कार्यान्वयनका लागि अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि आयुक्त पोखरेलले जुन मुलुकमा सूचनाको हक जति प्रभावकारी हुन्छ त्यो मुलुकको लोकतन्त्र त्यति नै सबल हुने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “लोकतन्त्रमा नागरिक सर्वशक्तिमान हुन्छ र नागरिकले जति सूचना प्राप्त गर्छन् त्यस देशको त्यति नै विकास हुन्छ ।”

त्यसैले, नेपाली नागरिकलाई सूचना दिने जिम्मेवारी र जवाफदेहीता बोकेका सरकारी तथा सार्वजनिक निकायले कानुनले तोकिएका बाहेक कुनै पनि सूचना नलुकाई मागेको बेला तुरुन्त उपलब्ध गराई देश र जनताको सर्वाङ्गीण विकासमा सहयोग गर्न उहाँले अपिल गर्नुभयो ।

सो कार्यक्रममा महोत्तरीका प्रत्येक सरकारी तथा सार्वजनिक निकायका कार्यालय प्रमुख तथा प्रतिनिधि, सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

सम्पन्न अन्तक्र्रिया÷छलफल कार्यक्रमको अध्यक्षता महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले गर्नुभएको थियो ।

सम्बन्धित शिर्षकहरु