सर्वसाधारणसँग करोडौं ठग्ने काठमाडौं मलका ठेकेदार प्रविर पक्राऊ

साधारणसँग करोडौं रुपैयाँ ठग्ने काठमाडौं मलका ठेकेदार प्रविर शमसेर जबरा(पम्पी)लाई प्रहरीले पक्राउ गरेको  छ । एस डेभलपमेन्ट कम्पनीका प्रविरबाट धेरै व्यक्ति ठगिएको हुन सक्ने अनुमान प्रहरीले गएको छ ।आइतबार पक्राउ परेका  प्रविरबाट थगिने थुप्रै मानिसहरु हुन सक्ने भएकोले महानगरीय प्रहरी अपराध महाशाखाममा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।

लतिलपुर-२ का ४८ वर्षीय जबराले सिन्धुपाल्चोक घर भइ हाल धापासी बस्ने महेशकुमार कार्कीलाई १ करोड रुपैयाँ ठगेका थिए । मिलेर काम गर्ने प्रलोभन देखाई प्रविरले ललितपुर लामाटारमा रहेको ३ रोपनी जग्गा आफ्नो कम्पनी एस डेभलपमेन्टको नाममा १ करोडमा पास गर्न लागाए ।

मालपोत कार्यालय ललितपुरमा जग्गा पास गरेपछि भुक्तानी दिने क्रममा जबराले १ करोडको चेक दिएका थिए । तर, चेकको दस्तखत नमिलेपछि पुनः चेक काट्न भन्दा अस्वीकार गरेर ठगी गरेको प्रहरीले जनाएको छ ।

यसैगरी जबराले सुन्धारास्थित सञ्चयकोषको भवन १५ वर्षमा लिजमा लिई काठमाडौं मल भाडामा लगाएका छन् । काठमाडौं मलमा भाडामा ठाउँ दिने बहानामा धेरै व्यक्तिहरुलाई अलग-अलग सम्झौता गरी ठगी गरेको प्रहरीमा उजुरी परेको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित शिर्षकहरु