नेपालमा शक्तिशाली भूकम्प , ठुलो जन धनको क्षति सहित सन्चार अवरुद्द

अजेय शर्मा , सिड्नी । काठमाण्डौ मा शक्त्तिशाली भूकम्प का कारण जन धनको ठूलो क्षति भएको छ। पोखरा लाई मध्य बिन्दु पारेर आएको सो भूइचालो ले देशका विभिन्न भागमा क्ष्यति पुर्याएको प्रत्यक्ष्य दर्शि तथा असनेपाल समाचारका प्रतिनिधि नेत्र पण्डित बताउनुहुन्छ । धरहरा भांचिएको छ , भने काठमाण्डौका विभिन्न घर , पुल सडक भात्किएका छन्न। nepal_earthquake_125615905_540x405
काठमाण्डौ शान्ति नगर स्थित गेट भांचिएर एक माइक्रो लाई किचेको भने कौशलटार , ठिमी लगायतका स्थानमा ठुलो क्षति भएको छ। अहिले एन टि सि मोबाइल सेवा अवरुद्द छ भने , टेलेभिजन , रेडियो प्रसारण रोकिएकाले थप अन्योलता बढेको बताइन्छ । earth quakeविश्वज्योति सिनेमा हल भत्किएको छ भने ठुला धरोहरहरू भांचिएको खवर प्राप्त भएको छ। शनिवार मध्यान्ह झन्डै आधा घण्टा सम्म पटक पटक गएको भुकम्पले राजाधानी वाहिर समेत ठुलै क्षति भएको अनुमान गरिएको छ | भुकम्प ७.८ रेक्टर स्केल को भएको बुझिएको छ | भूकम्पले सिहदरबार गेट , सहित ग्रामीण क्षेत्रका थुप्रै घर तथा पुल सहित भौतिक संरचनामा क्षति भएको खबर आएता पनि पुष्टि हुन बाँकि छ थप जानकारीका लागि असनेपालन्युजलाई लग अन गर्दै गर्नु होला ।

सम्बन्धित शिर्षकहरु