मापदण्डबाहेकका प्लास्टिक झोला प्रयाग गरे ५० हजार जरिवाना

चैत २३ । काठमाडौं,उपत्यकाको वातावरण स्वच्छराख्न सरकारले मापदण्ड विपरितका प्लास्टिक झोला प्रयोग नगर्न आग्रह गर्दै यस्ता प्लास्टिक झोला प्रयोग गर्नेलाई ५० हजार सम्म जरिवाना गर्ने भएको छ । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले २० इन्च लम्बाइ, ३५ इन्च चौडाइ र ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोला काठमाडौं उपत्यकाभित्र प्रयोग गर्न रोक लगाएको हो । सरकारले निर्धारण गरेको आकारको प्लास्टिकको झोला धेरै ठुलो साइजको छ ।

अस्पताल तथा अन्य स्थानमा फोहोरमैला संकलन गर्न ठूलो आकारको झोला प्रयोग गर्न पाइने छ । वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले वैशाखदेखि प्लास्टिकका झोला प्रयोग भएनभएको तीव्र अनुगमन गर्ने बताउनु भयो । कसैले प्रयोग गरेको पाइएमा वातावरण संरक्षण ऐन २०५३, नियमावली २०५४ अनुसार कारबाही हुनेछ ।

सम्बन्धित शिर्षकहरु