बैंकबाट निकालेको केहीबेरमै चार लाख लुटपाट

चैत १७ । विदुर, नुवाकोटको बट्टार बजार स्थित नेपाल बंगलादेश बैंकबाट पैसा निकालेर आफ्नो घर जाँदै गरेका एक व्यक्त्तिको साथबाट रुपैया चार लाख लुटपाट भएको छ । रसुवाको डाडागाउँ ७ का हर्कबहादुर लामाको साथबाट अज्ञात लुटेराले अाज दिउँसो ४ लाख रुपैयाँ लुटेर फरार भएको हो । नेपाल बंगलादेश बैंकबाट रकम झिकेर् बाहिरिएलगत्तै अज्ञात व्यक्तिले फकाएर केहीपर लगेर रकम लुटेको पीडित लामालाई उद्रित गर्दै प्रहरीले जनाएको छ ।

लामा घर फर्किनका लागि बसपार्क तर्फ जाँदै गर्दा नचिनेको एक व्यक्तिले यहाँ सिट पाईंदैन अलिपर गएर बस चढ्नुहोला त्यहाँ सिट पाइन्छ भनेर फकाएर लगेको र पैसा लुटेको थियो ।लामाका अनुसार आफूले बैंकबाट झिकेको ३ लाख र आफूसँग पहिलेदेखि नै भएको १ लाख गरी ४ लाख रुपैयाँ ति व्यक्तिले लुटेर फरार भएका छन् ।लुटेराको हुलियाको आधारमा खोजी तिव्र पारिएको प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिनु भयो ।

सम्बन्धित शिर्षकहरु