न्युजिल्याण्डद्वारा अस्ट्रेलियासामु १८४ रनको चुनौति

चैत १५ । मेलवर्न, अस्ट्रेलियाको मेलबर्नमा भएको विश्वकप क्रिकेटको फाइनल खेलमा न्युजिल्यान्डले अस्ट्रेलियालाई १८४ रनको चुनौती दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४५ ओभरमा अलआउट हुँदै १८३ रन बनाएपछि आयोजक अस्ट्रेलियाले १८४ रनको सामान्य लक्ष्य पाएको हो ।मेलबर्नमा अस्ट्रेलियाविरुद्ध टस जितेर पहिलो विश्वकप उपाधि उचाल्ने लक्ष्याका साथ ब्याटिङमा उत्रेको न्युजिल्यान्डले शुरुबाटै संकटमा पर्‍यो । आजको खेलमा न्युजिल्यान्डका लागि ग्रान्ट इलियटले सर्वाधिक ८३ रनको पारी खेले । उनले ८२ बलको सामना गर्दै ७ चौका र १ छक्का समेत हाने ।त्यसपछि रोज टेलरले ४० रन बनाए । उनले ७२ बलको सामना गरेर सो पारी खेले छ न्युजिल्यान्डका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।अस्ट्रेलियाका बलरले न्युजिल्यान्डका ब्याट्सम्यानलाई एकपछि अर्को गर्दै सस्तैमा पेभेलियन फर्काए । ओपनर बे्रन्डन म्याकुलम खेलको शुरुमै आउट भए । उनले तीन बल सामना गरेको अवस्थामा खाता नै नखोली पेभेलियन फर्के ।

त्यसैगरी वेस्टइन्डिजविरुद्ध विष्फोटक पारी खेल्दै दोहोरो सतक खेलेका मार्टिन गुप्तिल पनि आजको खेलमा जम्न सकेनन् । उनलाई ३४ बलमा १५ रन बनाएको अवस्थामा गेलेन म्याक्सवेलले बोल्ड गर्दै पेभेलियन फर्काए ।
न्युजिल्यान्डका अर्का ओपनर केन विलियम्सन पनि सस्तैमा आउट भए । उनी ३३ बलमा १२ रन बनाएको अवस्थामा पेभेलियन फर्के । त्यसैगरी रोज टेलर ७२ बलमा ४० रन बनाएको अवस्थामा आउट भए । कोरी एन्डरसन र ल्युक रोन्ची शून्यमै आउट भए ।
ड्यानियल भिटोरी ९ रनमा आउट भए । टिम साउथी ११ रनमा समेटिए । म्याट हेनरी पनि शून्य मै पेभेलियन फर्के । अस्ट्रेलियाका लागि मिचेल जोन्सन र जेम्स फक्नरले ३/३ विकेट लिए । त्यसैगरी मिचेल स्टर्टले २ विकेट लिए ।
१० वटा विश्वकपमा अस्ट्रेलियाले अहिलेसम्म पाँचौ पटक उपाधि जित्ने कोशीस गरेको छ ।

सम्बन्धित शिर्षकहरु