अस्ट्रेलियाद्वारा भारतलाई ३ सय २९ रनको चुनौती

चैत १२ ।काठमाडौ,सिड्‌नी,११औं विश्वकपको सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई ३ सय २९ रनको चुनौती दिएको छ।अस्ट्रेलियाको सिड्‌नी मैदानमा टस जितेर ब्‍याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय २८ रन बनाएको हो।
अस्ट्रेलियाका लागि स्टिभन स्मिथले सर्वाधिक १ सय ५ रनको योगदान गरे। उनले ९३ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै रन बनाएका हुन्।
रुवातमै अस्ट्रेलियाले डेभिड वार्नरलाई गुमाएपछि आरोन फिन्च र स्मिथले पारी खेलेका थिए।यस्तै आरोन फिन्चले १ सय १६ बलमा ७ चौका र एक छक्‍काको मद्दतले ८१ रन नबाए भने सेने वास्टनले २८ रन बनाए।यता, भारतका उमेश यादवले सर्वाधिक ४ विकेट लिए भने मोहित शर्माले २ विकेट र रविभन्द्र आश्‍विनले १ विकेट लिए।

सम्बन्धित शिर्षकहरु