BREAKING NEWS: टर्किस एयरको विमान काठमाडौँ विमानस्थलमा दुर्घटना ! सबै यात्रु सकुशल

trukiss1रमेश अधिकारी, अस्नेपाल न्युज/

फागुन २०, काठमाडौँ- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण प्रयासका क्रममा टर्कीस एयरको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा अगाडिको पांग्रा बाहिर ननिस्के पछी पाइलटले जहाज रनवेबाट घाँसे मैदानमा लागेका थिए ।  दुर्घटनामा जहाजमा क्षति भएपनि सबै यात्रु सकुशल रहेको विमानस्थल प्रमुख वीरेन्द्रबाबु श्रेष्ठले अस्नेपाल न्युजलाई जानकारी दिनुभयो ।

टर्कीको इस्थानबुलबाट काठमाडौंका लागि उडेको बिमान बुधबार बिहान पटक पटकको अवतरण प्रयास पछी दुर्घटना भएको हो । पटक-पटकको अवतरण प्रयास असफल भएपछि चालकले विमानलाई बलपूर्वक अवतरण गराउदा बिमान दुर्घटनाग्रस्त भएको बताइएको छ  ।Turkish

विमान दुई रन वेको बीचको घाँसे मैदानमा धसिएको हो । अवतरणका क्रममा विमानको अगाडिको पाग्रा नखुलेपछि विमानको अगाडिको भाग भूँईमा गएर धसिएको छ ।

पटक पटक वतरणको प्रयास गरेकाले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै उद्दारका लागि सबै तयारी अवस्थामा राखिएको थियो । अधिकारीहरुका अनुसार विमान बलपूर्वक अवतरणका क्रममा पछाडिको भागमा आगो लागेपनि तत्काल नियन्त्रणमा लिइएको थियो । 

लगेजले लागेर तथा स्केटिङ गर्दै बाहिर आउने क्रममा चार जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको छ ।

घाइतेको अवस्था सामान्य रहेको छ । विमानस्थलबाट बाहिरिएका यात्रुहरु ठूलो दुर्घटनाबाट बचेको भन्दै खुसी व्यक्त गरेका छन् ।

 

सम्बन्धित शिर्षकहरु