घर भत्किएर तीनजनाको मृत्यु

फागुन १९ ।कालीकोट,तीन दिनदेखिको अविरल वर्षाले कालीकोटको थिर्पु गाविसमा घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा थिर्पु गाविस–५ बेर्सैनकोटका ३५ वर्षीय दलबहादुर रोकाया, उनकी श्रीमती ३४ वर्षीया मिमसरा र सात वर्षीया छोरी सविता छन् । दुई तलाको कच्ची घर भत्किँदा गएराति ३ बजेतिर उनीहरुको घरभित्र दबिएर ज्यान गएको इलाका प्र्रहरी कार्यलय थिर्पुले बताएको छ ।
घरको बाहिरी कोठामा सुतेका तीन छोरा कक्षा ६ मा अध्ययनरत शिवराज रोकाया, कक्षा ७ मा अध्ययनरत १३ वर्षीय प्रकाश र सात वर्षीय नाम नखुलेका छोरा बाँच्न सफल भएको प्रहरीले बताएको छ ।

सम्बन्धित शिर्षकहरु