झडपमा परी घाइते भएका नेता कार्यकर्तासँग प्रचन्डको भेटघाट

Prachandaफागुन १७ ।काठमाडौँ, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजधानीमा ३० दलीय मोर्चाले निकालेको र्यालीका क्रममा झडपमा परी घाइते भएका नेता तथा कार्यकर्तालाई आज भेट गर्नु भएको छ ।उहाले आज अस्पताल पुगेर घाइतेहरुलै भेट्नु भएको हो ।

मोर्चाले शनिबार निकालेको र्यालीका क्रममा बानेश्वरमा झडप हुँदा एमाओवादीका पोलिटब्युरो सदस्य गङ्गानारायण श्रेष्ठ, राजेश बेञ्जनकारलगायतका करिब १०० को सङ्ख्यामा कार्यकर्ता घाइते भएका थिए ।अध्यक्ष दाहाल कान्तिपुर अस्पतालमा उपचाररत घाइतेहरुको अवस्था बुझ्न बिहान अस्पताल पुग्नुभएको हो ।अवसरमा एमाओवादी अध्यक्ष दाहालले सरकारलाई आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने जानकारी गराएको भए पनि शान्तिपूर्ण र्यालीसहितको जुलुसमाथि आक्रमण गरिएको भन्दै त्यसको भत्र्सना गर्नुभयो ।
काँग्रेस–एमाले बहुमतको आडमा जबर्जस्ती पेलेर अघि बढ्न खोजेकाले समस्या आएको बताउँदै उहाँले सरकारले सहमतिमा संविधान बनाउने वातावरण बनाए आफुहरु वार्तामा बस्ने जानकारी दिनु भयो ।
घाइतेहरुलाई भेट्न एमाओवादी नेताहरु टोपबहादुर रायमाझी, वर्षमान पुन, जनार्दन शर्मा, प्रवक्ता दीनानाथ शर्मा, अग्नि सापकोटा, हिसिला यमीलगायत अस्पताल पुग्नुभएको थियो ।

सम्बन्धित शिर्षकहरु