सहमति नभए जिल्ला जिल्लाबाट आन्दोलन हुने ३० दल्लीय मोर्चाको हुंकार

30-Party-Protest - Copyकाठमाडौ,एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले सहमतिबाट संविधान बनाउने कामलाई काँग्रेस र एमालेले तोडेकाले बहुमतीय प्रक्रिया खारेज नगरेमा त्यसबाट भोग्ने परिणामप्रति जिम्मेवार हुन उनीहरुलाई चेतावनी दिनु भएको छ ।राजधानीको खुल्ला मञ्चमा शनिबार आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वार्ता, सहमति चाहने वा नचाहने काँग्रेस एमालेकै हातमा रहेको भन्दै उनीहरुले अझै पनि नसच्चिए अबको आन्दोलनमा जिल्ला जिल्ला कब्जा हुने बताउनु भयो । विगतको सहमति र सम्झौताको आधारमा संविधान बनाउन खोज्दा काँग्रेस र एमालेले तोडेकाले अझै पनि समय छँदै बहुमतीय प्रक्रिया खारेज गर्नुपर्ने बताउनुभयो ।

उहाँले माओवादीलाई पेलेरै देखाउन चाहे भोलि कस्ले के देख्नेछ समयले नै बताउनुभयो ।संविधानसभा मंसिर ४ गतेको चुनावबाट नआएको भन्दै उहाले यो देशका उत्पीडित जनताको बलिदानबाट आएको बताउनु भयो । उहाँले संविधानसभा संसदजस्तो नभएको भन्दै यो क्रान्तिको उपज भएकाले यसलाई रोक्न खोजे विष्फोट हुने बताउनुभयो । संविधानसभा उत्पीडित जनताको बलिदानको उपज भएको भन्दै योसँग खेल्ने आगोसँग खेल्नु सरह हुने बताउनुभयो ।उहाँले काँग्रेस एमालेले संविधानसभालाई संसदका रुपमा परिणत गरेर दुई तिहाईको गणितीय खेल सुरु गरेको बताउनुभयो । आजको सभा सामान्य जनसभा नभएर खबरदारीसभा भएको भन्दै जनताको माग उपेक्षा गरिए अब खबरदारी सभा नहुने बरु त्यो विद्रोहसभा हुने प्रचन्डको भनाई थियो । अहिले आएको परिवर्तन काँग्रेस एमालेले ल्याएको नभएर जनताको छाप्राबाट आएको परिवर्तन भएको बताउनुभयो । उहाँले परिवर्तन रोक्न खोजिए त्यसको परिणम अर्को क्रान्ति हुने बताउनुभयो । अध्यक्ष प्रचन्डले परिवर्तन रोक्न खोजिए आगामी दिनमा नेपाल बर्वाद नहुने भन्दै नेपाल जनताको हातमा हुने बताउनुभयो ।एमालेले घोषणापत्रमा कार्यकारी प्रधानमन्त्री र बहुपहिचानका लागि भोट मागेको भन्दै अहिले काँग्रेसकै विचारमा आत्मसर्मपण गरिसकेकाले अब एमाले भन्ने पार्टीको कामै नरहेको प्रचन्डले आरोप लगाउनु भयो । प्रचन्डले संविधानसभाबाट संविधान बनाउने कुरामा शान्ति सम्झौता, बृहत शान्ति सम्झौता र अन्य आदिवासी जनजाति, मधेसी, दलितलगायतसँग भएका सहमति र सहमति कार्यान्वयन हुनुपर्ने बताउनुभयो । उहाँले गिरिजाप्रसाद कोइरालाको अवसानसँगै शान्ति सम्झौता र अन्तरिम संविधान बिर्सने प्रयास गरिएको बताउनुभयो ।उहाँले मधेसी, आदिवासी जनजाति, दलितको अधिकार माग्दा एमाले नेताहरुले उनीहरुलाई दुश्मन ठान्ने गरेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डलाई जनतालाई अधिकार दिए मात्र राष्ट्रियता बलियो हुने भन्दै एमाले नेताहरुले अहिले पहाडी र मधेसीलाई अलग गर्न खोजेर राष्ट्रियता कमजोर बनाउन लागेको बताउनुभयो । काँग्रेस एमालेको दिमागमा एकल जातीय राज्य रहेको भन्दै उहाँले आफूहरुको दिमागमा त्यस्तो नरहेको बताउनुभयो ।सभालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सत्तापक्षले फागुन १६ गतेको कार्यक्रम स्थगित गर्न दबाव दिएको भन्दै उहाँले सभाले उनीहरुलाई खबरदारी गरेको बताउनुभयो ।उहाँले काँग्रेस एमालेको आँखामा दुई तिहाई बहुमतको पट्टी बाँधिएको भन्दै परिवर्तन चाहने शक्तिहरुले परिवर्तनका लागि ठुलो संघर्ष गरेको बताउनुभयो ।२००७ सालमा संविधानसभाको मुद्दा उठे पनि त्यसले मुर्त रुप प्रचण्डले सुरु गरेको आन्दोलनबाटै सफल भएको भन्दै उहाँले संविधानसभाका लागि १७ हजार बढीले रगत बगाएको बताउनुभयो । उहाँले परिवर्तन, संघीयता, धर्मनिरपेक्षता र न्यायका लागि जनताले ठुलो मूल्य चुकाएको बताउनुभयो ।
उहाँले जनयुद्धकै बलमा संविधानसभा गठन भए पनि अघिल्लो संविधानसभाले संविधान दिन नसकेकोमा दुःख लागेको भन्दै उहाँले दुई तिहाई बहुमतको ताकत आफूहरुसँग भए पनि संविधान आउन नसकेको बताउनुभयो ।
बहुमतबाट संविधान बनाउने प्रयास गरिए मुलुकमा मेठभेड हुने भन्दै सहमतिमै संविधान बन्नुपर्ने बताउनुभयो ।
काँग्रेस एमालेले सहमतिको बाटो तोडेको भन्दै आफूहरु बाध्य भएर आन्दोलनमा जान परेको बताउनुभयो ।सभालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा धेरैपटक संविधान बनेको भन्दै काँग्रेस एमालेको नेतृत्वमा बनेको कुनै पनि संविधानले नेपालको समस्या समाधान गर्न नसकेको बताउनुभयो ।उहाँले अब बन्ने संविधानले अधिकार, पहिचान र स्वायत्ततामा सबैको पहुँच पुग्नुपर्ने भन्दै त्यसो हुन नसके संविधान देशले नमान्ने बताउनुभयो । उहाँले नयां संविधान स्वायत्त प्रदेश र प्रादेशिक स्वायत्तता भएको हुनुपर्ने बताउनुभयो ।
काँग्रेस एमालेले बन्दुक देखाएर संविधान बनाए भने त्यो पनि २०४७ सालकै हालतमा पुग्ने बताउनुभयो ।वार्ताबाट पहिचानसहितको संविधान बन्छ भने मात्र वार्ता आवश्यक रहेको भन्दै त्यस्तो संविधान बन्न सक्दैन भने वार्ता आवश्यक नरहेको बताउनुभयो ।
अब वार्ता गर्ने हो भने विगतमा भएका सबै सहमति र समझदारी कार्यान्वयन गर्नुपर्ने भन्दै अन्यथा आन्दोलनबाट संविधान जारी गरिने बताउनुभयो । उहाँले अधिकारसहितको संविधान निर्माणका लागि विद्रोह गरेरै छाड्ने बताउनुभयो । सभालाई सम्बोधन गर्दै एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले मेचीदेखि महाकालीसम्म बासोबास गर्ने विविध जाति, भाषा र धर्मका समुदायको नेपालको सबैलाई आआफ्नो पहिचान दिन खबरदारी गरिएको बताउनुभयो । उहाँले इन्द्रधनुषजस्तो नेपाली समाजको सुन्दरता देख्न नसक्नेहरुको आँखाको अपरेशन गर्नुपर्ने बताउनुभयो ।
उहाँले हात्ती दुब्लाए पनि मुसा नहुने भन्दै पहिचानपक्षधरहरुलाई कम नआँक्न चेतावनीसमेत दिनुभयो ।
विगतमा संविधानसभा माग गर्दा टाउकाको मुल्य तोक्नेहरुले नै अहिले संविधानसभा अपहरण गरेको भन्दै उहाँले यो संविधानसभाबाट संविधान लेख्न नसकिए अर्को पचास वर्ष लड्न्पर्ने बताउनुभयो ।
उहाँले जनताले रगतसँग साटेर ल्याएको संविधानसभालाई काँग्रेस एमालेले अपहरण गरे पनि पुनः जनताको हातमा ल्याएरै छाड्ने बताउनुभयो ।
संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले काँग्रेस र एमालेले संविधानसभालाई प्रतिगमनको माध्यम बनाउन खोजेर उल्तो मति र उल्टो गति बनाएको बताउनु भयो । अध्यक्ष राईले विगतमा भएका सहमति र सम्झौता पालना नगरेर उनीहरुले संविधानसभालाई ब्यारेकमा परिणत गरेको बताउनु भयो । उहाँले पहिचानसहितको संघीयताले विखण्डन हुने केही नेताको सोच रहेको भन्दै अध्यक्ष राईले नेपाली राष्ट्रियतालाई बलियो बनाउन दश प्रदेशको संघीयतामा जानुपर्ने बतानुभयो ।
सदभावना अध्यक्ष राजेन्द्र महतोले सभालाई सम्बोधन गर्दै नेपाली जनतालाई एक थान संविधान चाहियो भनेर काँग्रेस एमालेले झुटको खेती गरेको बताउनुभयो । सहिदहरुले अधिकारविहीन एक थान संविधानका लागि प्राण आहुती नदिएको भन्दै अध्यक्ष महतोले परिवर्तनबिनाको एक थान संविधान नचाहिएको बताउनुभयो ।उहाँले जनतालाई अधिकार, पहिचान र संघीयतासहितको संविधान चाहिएको बताउनुभयो । विगतमा गरिएका सम्झौताहरुलाई सम्बोधन गरेर संविधान निर्माण गर्नुपर्ने बताउनुभयो ।उहाँले काँग्रेस एमालेले मधेसी र पहाडीका नाममा नेपालीबीच फाटो ल्याउन खोजेको बताउनुभयो ।उहाँले एक थान संविधानले नपुग्ने भन्दै दुई तिहाईको बलमा बन्ने संविधान जनताले नमान्ने बताउनुभयो ।
शरतसिंह भण्डारीले विगतमा १२ बुँदे, विस्तृत शान्ति सम्झौता र मधेसवादी दलसँग भएको सम्झौता पालना नगरेर काँग्रेस एमालेले गल्ती गरेको बताउनु भयो ।भण्डारीले सबै भाषा, सबैको भेष र समृद्ध देश हुनु पर्ने बताउनु भयो ।राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापामगरले विगतमा माओवादीले सशस्त्र युद्ध सुरु गर्दा पनि काँग्रेस एमालेकै सरकार थियो भन्दै अहिले पनि जनताको अधिकार स्थापित गराउन नदिने उनीहरु नै सरकार रहेको बताउनु भयो । नयाँ संविधानमा जनताको अधिकार सम्बोधन नभए तेस्रो जन आन्दोलन हुने चेतावनी दिँदै उहाले त्यसले काँग्रेस एमालेलाई कहाँ पुराउछ त्यो उनीहरुले नै सोचे हुने बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु