चितवनका होटलहरु अनिश्चितकालिन बन्द

फागुन ११ । चितवन होटल व्यवसायी संघ चितवनले आजदेखि अनिश्चितकालिन व्यवसाय बन्द गरेको छ । संघले जिल्ला भित्रमा सुरक्षित रुपमा व्यवसाय संचालन गर्ने वातावरणको प्रत्याभुति प्रशासनले नदिएसम्म होटल व्यवसाय बन्द गर्ने बताएको छ ।

मुग्लिनदेखि भरतपुर क्षेत्रमा रहेका होटल, रेष्टुरेन्ट तथा गेष्टहाउसहरु अनिश्चितकालसम्मको लागि बन्द गर्ने संघका जिल्ला अध्यक्ष डासीराम ढकालले जानकारी दिनु भयो ।

ढकालले जिल्लाका होटल व्यवसायीहरुलाई धरासायी बनाउने गुरुयोजना नै बनाई बेलुका ९ बजेदेखि नै होटल बन्द गराउने र छापामार शैलीमा गेष्ट हाउसमा बसेका पाहुना तथा व्यवसायीहरुलाई हिरासतमा लिने कार्यको विरुद्वमा आन्दोलनमा उत्रनु परेको बताउनु भयो । प्रहरीले शनिबार भरतपुर र नारायणगढका होटलहरुमा छापा मारेर ५० भन्दा बढिलाई पक्राउ गरेको थियो ।

सम्बन्धित शिर्षकहरु