बारामा स्थानीय र प्रहरीबीच झडप

फागुन १० ।बारा,जिल्लाको सिमाराका स्थानीयवासीले भुमिसुधार, मालपोत र नापी कार्यालय स्थापनाको माग गर्दै निकालेको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र स्थानियविच झडप भएको छ ।

आइतबार बिहानैदेखि स्थानीयवासीले उक्ता कुराको माग गर्दै निकालेको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले अन्धाधुन्ध हस्तक्षेप गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन । घटनाको कारण यतिवेला बाराको सिमरा बजार तनावग्रस्त भएको छ ।भुमिसुधार, मालपोत र नापीलगायतका सरकारी कार्यालयको एकीकृत सेवा केन्द्र सिमरामा खोल्ने सरकारी निर्णय स्थगन गरेको विरोधमा शुक्रबारदेखि स्थानीयबासी आन्दोलनमा उत्रिएका हुन् ।आम हड्तालमा उत्रिएका स्थानीय र प्रहरीवीच आइतबार बिहानैदेखि झडप सुरु भएपछि आन्दोलनकारीलाई तितर वितर गर्न प्रहरीले दुई दर्जन बढी अश्रुग्याँस प्रहार गरेको एमाले बाराका प्रचार विभाग प्रमुख कृष्ण पौडेलले बताउनु भयो ।प्रहरीको कुटाइबाट दर्जनौं आन्दोलनकारी घाइते भएका छन भने प्रहरीतर्फ पनि केही घाइते भएको उहाले जानकारी दिनु भयो ।त्यसैगरि प्रहरीले अश्रुग्याँस प्रयोग गरेपछि आक्रोशित आन्दोलनकारीले सिमरा बजारमा रहेको प्रहरी बिटमा आगजनी गरी एउटा मोटरसाइकल पनि तोडफोड गरेका छन् ।आमड्तालका कारण आइतबार पनि बिहानैबाट सिमरा क्षेत्रमा यातायातका साधन चल्न सकेका छैनन् भने बजार र शिक्षण संस्थासमेत बन्द छन् ।हजारौंको संख्यामा जम्मा भएका स्थानीयको प्रतिकारपछि प्रहरीले लुकेर अश्रुग्याँस प्रहार गरिरहेका छन् भने सिमरा बजार अहिले आन्दोलनकारीको कब्जामा रहेको जनाइएको छ ।

सम्बन्धित शिर्षकहरु