भारतबाट आएका दुई नेपाललाई स्वाइन फ्लू

फागुन १० ।काठमाडौ,राष्ट्रिय जनस्वास्थ्थ प्रयोगशालामा परिक्षण भएको परीणाम अनुसार नेपालमा समेत दुई जनामा स्वाइन फ्लू  संक्रमण देखिएको छ ।प्रयोगशालामा जाँच गरिएको २ जनाको थुक (थ्रोट स्वाव) को नमुनामा स्वाइन फ्लू पीडीइम ( एचण्९–एच१एन १ ) देखिएको हो ।

सरकारी दबाबका कारण प्रयोगशालाले तथ्थ सार्वजनिक गर्न नपाएको प्रयोगशालाको स्रोतले बतायो । सरकारले शुक्रबार श्वासप्रश्वासमा समस्या देखिएमा तुरुन्त स्वास्थ्थ केन्द्रमा जचाउन सार्वजनिक आब्हान गरेको थियो । छिमेकमा स्वाइन फ्लुको प्रकोप देखिए पनि सतर्क नभएको स्वास्थ्य मन्त्रालयले प्रयोगशालाको रिपोर्टपछि आह्वान गरेको थियो ।स्वाइन फ्लूले भारतमा ८ सय भन्दा बढीको ज्यान लिइसकेको छ । फागुन ७ मा सातदोबाटोमा भएको स्वास्थ्य शिविरमा दिल्लीबाट फर्केका दुई जनालाई क्लिनिकली स्वाइनको शंका गरेर परीक्षण गरिएको हो ।

सम्बन्धित शिर्षकहरु