दुईदिने बहृत चुरे सम्मेलन काठमाडौमा

फागुन ८ ।काठमाडौ,चुरेका मुद्दामा सयौ सरोकारवालाको सहभागितामा दुईदिने चुरे जनसम्मेलन आजदेखि भैरहेको छ ।चुरे संरक्षण संयुक्त संघर्ष समितिद्वारा आयोजित सम्मेलनमा चुरे संरक्षण संयुक्त संघर्ष समितिले गर्न लागको सम्मेलनमा चुरेका मुद्दाका विषयमा छलफल हुनेछन् ।

“लोकतन्त्र, संघीयता र मानवअधिकारको सम्मान गर”, “चुरे क्षेत्रको दीगो संरक्षणका लागि जनअधिकार सुनिश्चित गर” भन्ने नाराका साथ सम्मेलन आयोजना गर्न लागेको समितिले जनाएको छ ।
सम्मेलनमा चुरे क्षेत्रका ३६ जिल्लाका सामुदायिक वन उपभोक्ता समूहलगायतका संघर्ष समितिका जिल्ला अध्यक्षसहित पाँच दर्जन जिल्लाका प्राकृतिक स्रोतको क्षेत्रमा कार्यरत संघ-संस्थाको सहभागिता हुनेछ । करिव पाँच सयजनाको सहभागिता रहने सम्मेलनले गरेका निणर्य सरकारलाई बुझाइने संयोजक गशेश कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षकहरु