अस्ट्रेलियामा ‘द विनर’को छायांकन गरिने

काठमाण्डौ, चलचित्र ‘द विनर’को छायांकन अस्ट्रेलियामा गरिने भएको छ ।

संगठित अपराधले दुई देशको बीचमा पार्ने प्रभाव र त्यसले निम्त्याउने समस्याका समेटिएको यो चलचित्रको आधा छायांकन काठमाडौं र भारतको राजस्थानमा गरिएको छ । बाँकी छायांकन अस्ट्रेलियामा पूरा गर्ने निर्देशक हिक्मत विष्टले बताउनु भयो ।
चलचित्रको निर्माता रितेश राणा, राजेश जोसी र सुबोध ठकुरी रहनु भएको छ । अहिलेसम्मको छायांकन आफुले सोचेभन्दा राम्रो भएको निर्माता रितेश राणाले सोमबार सञ्चारकर्मीलाई बताउनु भयो ।
चलचित्रको छायाकंनका लागि केही दिनभित्रै आफुहरु सम्पूर्ण युनिटसहित अस्ट्रेलिया जाने पनि राणाले बताउनु भयो ।
महेशमान श्रेष्ठ, मन्चिन शाक्य, मलिना जोसी, राजकुमार पन्त, रोयल मास्के, उत्तम विष्ट, रमेश गुरुङ, एलेक्स खड्का, अमित गिरीको अभिनय यो चलचित्रमा रहनेछ । जसमा हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको नृत्य र पुरुषोतम प्रधानको छायांकन रहेको छ ।
त्यस्तै चलचित्र ‘न्यु इयर’को निर्माण पनि अस्ट्रेलियाबाट भइरहेको छ ।

सम्बन्धित शिर्षकहरु