सेरेनालाई अस्ट्रेलियन ओपन टेनिसको उपाधि

अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले यो वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन टेनिस उपाधि जितेकी छन् ।उनले फाइनलमा उनले रुसकी मारिया शारापोभालाई सिधा सेटमा ६–३, ७–६ (७–५)ले हराएकी हुन । अस्ट्रेलियन ओपनमा सेरेनाको यो छैटौ उपाधि हो । ग्राण्डस्लाममा उनको यो १९औं उपाधि हो ।

सेरेना ६ पटक अस्ट्रेलियन ओपनको फाइनल प्रवेश गरेकी छन् । हरेक पटक उनले उपाधि आफ्नो नाम गरेकी छन् । फाइनलमा पहिलो सेट सजिलै जिते पनि दोस्रो सेटमा दुवै खेलाडीबीच कडा प्रतिस्पर्धा भएको थियो ।

दोस्रो सेट टाइ ब्रेकरसम्म पुगेको थियो । तर, अन्ततः सेरेनाले टाई ब्रेकरमा जित हात पार्दै उपाधि जित्न सफल भएकी हुन् ।

सम्बन्धित शिर्षकहरु