नेकपा माओवादी (क्रान्तिकारी) पार्टी पनि जन्मियो

पुस २६ ।सुनसरी,भजेन्द्र चौलागाइँ ‘भुवन’को अध्यक्षतामा ३९ सदस्य केन्द्रीय समिति रहेको नेकपा माओवादी (क्रान्तिकारी) नवगठित पार्टीको स्थापना भएको छ । त्यस्तै पार्टिको महासचिवमा आकाश शर्मा रहनु भएको छ । नेकपा–माओवादीबाट असन्तुष्ट समुहले शनिबार इटहरीको न्युज डटकम पत्रिकाको कार्यालयमा पत्रकार सम्मेलन गरी यो माओवादी पार्टीको जन्म भएको घोषणा हुन ।
माओवादी स्वास्थ्यकर्मी संघमा रहेर जनयुद्ध लडेहरुको समूहले उक्त पार्टीको जन्म भएको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चौलागाइँले १० वर्षे जनयुद्धको बलमा ल्याएको लोकतान्त्रिक गणतन्त्रमा प्रचण्ड, बाबुराम, मोहन वैद्य र नेत्रविक्रम चन्दहरुले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै सक्कली माओवादी पार्टीको गठन गरिएको बताउनु भयो
उहाले सर्वहारा वर्गलाई सरकारले बेवास्ता गरेकाले जनताको मुक्तिका लागि नयाँ आन्दोलन थाल्न सक्कली माओवादीको गठन गरिएको बताउनु भयो । अध्यक्ष चौलागाइँले प्रचण्ड, बाबुराम र वैद्यहरुले जनतालाई धोका दिएकाले जनताको मुक्ति र शहिदको सपना साकार पार्न नयाँ माओवादीको गठन गरिएको बताउनु भयो ।
माओवादी क्रान्तिकारीका महासचिव अकाश शर्माले पार्टीको संगठन देशभर बिस्तार गर्ने बताउँदै आवश्यक परे सशस्त्र जनयुद्ध गर्ने बताउनु भयो । । पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र खनालको पनि उपस्थिति थियो ।

सम्बन्धित शिर्षकहरु