मृत भेटिएका तीन बालबालिकाको पहिचान

sab-felaसप्तरी,सप्तरीको बैरवा गाविसस्थित सप्तकोशी नदीको पश्चिम तटबन्धनको छेउमा रहेको दोभान पोखरीमा फेला परेको तीन जना बालबालिका सप्तरीको तेरहौता गाविस–३ निवासी अशोक सदाका छोराछोरी रहेको पुष्टि भएको छ ।
ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक उमेश लाम्छारले अनुसार अशोककी श्रीमती कुरी सदा ६ वर्षीय छोरा संतोष, ३ वर्षीया छोरी संतोषी र ६ महिने छोरी छोटकीलाई लिएर शुक्रबार बैरवा गाविस–३ स्थित माइतीबाट आफ्नो घर तेरहौता फर्कने क्रममा शनिबार तीनै छोराछोरीको शव पोखरीमा फेला परेको हो ।
घटना स्थानमा एक थान बिषादीको बोतल, चप्पल, साडी लगायत फेला परेको प्रहरीले जनाएको छ । तर, कुरी सदा हालसम्म बेपत्ता रहेको र पति अशोक कामको सिलसिलामा काठमाडौमा रहेको प्रहरीले बताएको छ ।
यसैबीच प्रहरीले मृतकका तीन जना आफन्तलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । ती बालबालिकाको शव बुझ्न कोही नआएपछि पोष्टमार्टम पश्चात् राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमै राखिएको छ।

सम्बन्धित शिर्षकहरु