आइसिसी विश्व क्रिकेटमा नेपाल र युगान्डाबीच खेल जारी

कार्तिक १३ । काठमाडौं, मलेसियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत नेपाल र युगान्डाबीच फाइनल खेल सुरु भएको छ।

डिभिजन ३ को फाइनलमा पुगेका नेपाल र युगान्डा डिभिजन २ मा बढुवा पुगेका छन ।

क्वालालम्पुरस्थित किनरारा एकेडेमी ‌ओभल क्रिकेट मैदानमा खेल निर्धारित समयभन्दा ४५ मिनेट चाँडो सुरु भएको हो।

टस जितेर ब्याटिङ रोजेको नेपालले १७ ओभर सकिँदा विना विकेटको क्षतिमा ६५ रन जोडेको छ।

नेपालका ओपनिङ ब्याट्सम्यान सुवास खकुरेलको अनुपस्थितिमा अहिले सागर पुन र नरेश बुढायर ब्याटिङमा छन्।

युगान्डासँग २० रनले पराजित हुँदै मलेसिया यात्रा थालेको नेपालले त्यसपछि कुनै खेल गुमाएन।

लिगको अन्तिम खेलमा बुधबार आयोजक मलेसियालाई डकवर्थ लुइस पद्धतिका आधारमा ३६ रनले हराएपछि नेपालले डिभिजन २ बढुवाको औपचारिकता पूरा गरेको हो।

सम्बन्धित शिर्षकहरु