इतिहास रच्दै छन् नेपाली क्रिकेट खेलाडी: अन्तिम खेलमा मलेसियालाई हराउदै आइसीसी डिभिजन-२ मा

कात्तिक १२, काठमाडौँ- मलेसियामा जारि आइसीसी डिभिजन-३ वर्ल्ड क्रिकेटमा अहिले भैरहेको लिग चरणको आफ्नो अन्तिम खेलमा प्रतिद्वन्दी मलेसियाका सबै ब्याट्सम्यानलाइ क्याच आउट गर्दै नेपालले इतिहास रचेको छ l यो खेलमा ३६ रनको बिजय संगै नेपाल डिभिजन २ मा उक्लेको छ l  क्रिकेट खेलमा बिरलै हुने यस्तो संयोगका लागि  कप्तान पारश खड्काले ४, ज्ञानेन्द्र मल्लले २, नरेश बुढाएर २, बसन्त रेग्मी र सुबाश खकुरेलले १ क्याच समातेका थिए l team nepal

एकै इनिंगमा १० विकेट क्याच आउट अन्तरास्ट्रिय एकदिवसीय क्रिकेटको इतिहासमा हालसम्म १५ पटक मात्र भएको छ l टस जितेर ब्याटिङ थालेको मेलेशियाले ४३.३ ओभरमा क्याच आउट मार्फत सबै विकेट गुमाउदै १४२ रन जोडेको थियाे । २५ ओभरको समाप्तीमा नेपालले २ विकेट गुमाउदै ८९ रन जोडेको छ । वर्षाका कारण खेल केहीबेरको लागि रोकिएको छ ।

यसैबीच भर्खरै प्राप्त लाइभ स्कोरको अनुशार D/L method को आधारमा नेपालले मलेसियालाई ३६ रनको फराकिलो अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा आफुलाई कायम राख्दै डिभिजन २ मा उक्लेको छ l

सम्बन्धित शिर्षकहरु