जापानको ज्वालामुखीमा मर्नेको संख्या ४० नाघ्यो

असोज १३ तोकियो – जापानको माउन्ट ओनटाकेमा भएको ज्वालामुखी विस्फोटमा परी मर्नेकको संख्या ४० नाघेको अन्तरास्ट्रिय संचारमाध्यामहरुले जनाएका छन् । जापानमा आइतबार तीन हजार ६७ मिटर अग्लो हिमाल माउन्ट ओनटाकेमा ज्वालामुखी विस्फोट भएको थियो ।

त्यसमा परेका थप पाँचजनाको शव सोमबार भेटिएका हो । सो ज्वालामुखीबाट खरानी, ढुङ्गा तथा बाँफ निस्किँदा उक्त चुचुरोको नजिकै पुगेका ३० भन्दाबढी पैदल यात्रीको मृत्युभएको आशङ्का गरिएको थियो । उद्धारकर्मीहरूले सोमबार बिहान थप पाँचवटा शव फेला पारेको बताएका छन् । उक्त चुचुरो नजिकै फेला परेका शवमा मृत्युको कारण त्यहाँबाट निस्किएको ग्यास रहेको छ । उक्त ग्यासको गन्ध र शरीरमा सो ग्यास प्रवेश गरेपछि हृदयाघात भएको देखिएको छ । माउन्ट ओनटाकेमा शनिबार मध्यान्ह ज्वालामुखी विस्फोट भएको प्रहरी तथा स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय अधिकारीहरुले मर्नेको सङ्ख्या ३१ पुगेको आशङ्का गरेका थिए । सो सङ्ख्यामा सोमबार पाँचजना थपिएको बताइएको हो ।

एक अधिकारीले उक्त क्षेत्रमा सलफर ग्यासको मात्रा बढेकाले उद्धारकर्मीले आइतबार अपरान्हमा उद्वारको काम रोकेका बताएका थिए । अग्निनियन्त्रकहरूले ३० व्यक्ति घाइते भएको र एक व्यक्तिको अवस्था गम्भीर रहेको बताए । सैनिक, प्रहरी तथा अग्निनियन्त्रक गरी करिब ५५० व्यक्ति खोजी तथा उद्धार प्रयासमा संलग्न भएको बताइएको छ । ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्र वरपरका ठूलो क्षेत्रमा करिब आठ इन्चसम्म खरानी जम्मा भएको देखिएको छ । यस पहाड पर्यटकीय क्षेत्र पनि हो । उक्त क्षेत्रमा निकै राम्रो दृष्य देख्न पाइने भएकाले पैदलयात्रीहरू पहाडी क्षेत्रमा पुग्ने गरेको बताइएको छ ।

सम्बन्धित शिर्षकहरु