संविधानका विवादित विषयमा सहमति जुटाउन समय थप

असोज २ ।काठमाडौ,संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि राजनीतिक संवाद तथा सहमति समतिलाई समय दिइएको छ ।

समितिले संविधानसभामा प्रस्तुत गरेको सहमति र असमतिको प्रतिवेदनमाथि छलफल सकिएलगत्तै सहमतिका विषयलाई मस्यौदा समिति र असहमतिका विषयलाई सहमतिका लागि पुनः संवाद समितिमा पठाइएको हो ।

असोज १४ गतेसम्म सहमति हुन नसकेका विषयहरुलाई २१ गतेभित्र असहमतिका विषय छुट्टाई पुनः संविधानसभामा पेश गर्नु पर्नेछ ।

संवाद समितिले पेश गरेको प्रतिवेदनमाथि सभासदहरुले उठाएका प्रश्नको जवाफ दिदै समितिका सभापति डाक्टर बाबुराम भट्टराईले संविधान निर्माणको क्रममा एक सय मिटरको रेस पुरा भएको र एक प्रतिशत मात्र बाँकी रहेको बताउनुभयो । उहाँले त्यो एक पतिशतलाई पनि पुरा नगरेसम्म कामले पूर्णता भने पाउन नसक्ने बताउनुभयो ।

उहाँले संविधान निर्माणमा सहमति जुट्न ढिलो भए अतिवादीहरुले शिर उठाउने भन्दै त्यस्तो हुन नदिन माघ ८ भित्र संविधान जारी गर्नुपर्ने र त्यस प्रति आफु सचेत रहेको बताउनुभयो । सभापति भट्टराईले सबैले खोजेकोजस्तो संविधान आउन सम्भव नभएको भन्दै संविधान पार्टीको नभई राष्ट्रको हो भन्ने कुरा बुझ्न जरुरी रहेको बताउनुभयो ।

उहांले सबैलाई पार्टीभन्दा पार्टी उठ्न आग्रह गर्दै, माघ ८ गते संविधान आउने विषयमा शंका गर्नु आवश्यक नरहेको जिकिर गर्नुभयो ।

सभापति भट्टराईले मुलभुत मुद्दामा सहमति गरेपछि सामान्य मुद्दाहरुलाई प्रक्रियाबाट टुङगाउन सकिने बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु