गायक अनिल सिंह , सिरिश देवकोटा, निमा रुम्बालाइ सिड्निमा स्वागत , महोत्सवको भब्य तयारी

सिड्नी ।
आगामी सेप्टेम्वर ६ तारिख शनिबार सिड्नीमा आयोजना हुने नेपाल फेष्टिबल २०१४ मा सहभागी हुन नेपाल बाट तिनै जना अतिथि कलाकार सिड्नी आइपुगेका छन्। पछिल्लो पटक विहिवार विहान सो विशाल अहोत्सवमा भाग लिन आएका कलाकार निमारुम्बा लाई गैर आवसिय नेपाली  संघ (एन आर एन ) का तर्फ बाट विमानस्थलमा स्वागत गरिएको छ। हरि राम्जाली , भरत देवकोटा, भुवन हरि पाण्डे  लगायतका टोली ले उनिहरुलाई बिमानस्थलमा स्वागत गरेका थिए ।
आयोजक का तर्फ बाट बिमान स्थल पुगेका एन आर एन टोली मध्येका एक भुवन हरि पाण्डे
का अनुसार कलाकारहरूलाई स्वागत तथा होटेल ब्यवस्थापन कार्य पूरा गरिएको छ। महोत्सवका लागि एन आर एन का पदाधिकारी तथा अन्य सहयोगिहरू आफ्नोब्यस्तताका बाबजुत कार्यर्क्रमको  तयारीमा दीन रात नभनी खटिरहेका छन् ।  कलाकार अनिल सिंह र सिरिश देवकोटा भने वुधवार नै सिड्नी आइपुगेका छन् । दुबै गायकहरुलाई एनआरएन अष्ट्रेलियाका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गर्नुभएको थियो । निमा रुम्बा  अमेरिकाबाट सिधै अष्ट्रेलिया आएका हुन् । यसैबीच, नेपाल फेष्टिभलको तयारी लगभग सम्पन्न भएको एनआरएन अष्ट्रेलियाले जनाएको छ । सिड्नीमा रहेका नेपालीहरुले कम्तिमा पनि अर्को एक विदेशीलाई मेलामा ल्याउन सके र नेपालको कला, संस्कृति, साहित्य, पर्यटकीय स्थल, खानाका परिकार र भेषभूषाका  बारेमा जानकारी दिने प्रयास गर्नसके यसले मातृभूमि नेपालका बारेमा प्रचार पनि हुने र नेपाली पर्यटनमा समेत टेवा पुग्ने देखिन्छ । एमएनटीभीले नेपाल फेष्टिभलको प्रत्यक्षप्रशारण गर्ने जनाएको छ ।सिड्नीको महोत्सव हेर्न न्यु काशल , मेलवर्न , ब्रिसबेन तथा अन्य स्टेट बाट समेत नेपालीहरूको उपस्थिती हुने जनाइएको छ। अतिनै मेहनत पूर्वक आयोजना गरिएको महोत्सबलाई अवलओकन गर्न आफ्ना परिवारजन सहित आउन आयोजकले सबैलाई अनुरोध गरेका छन्।

Photo: Anil Singh and Lok Singer Shirish Devkota has arrived in Sydney today to perform in Nepal Festival Sydney. Nepal<br />
Festival is happening on 6th Sep 2014 in Tumbalong Park, Darling Harbour....

सम्बन्धित शिर्षकहरु