हलिउडको बहुचर्चित जोडी ब्राड पिट र एन्जेलिना जोलीको सामान्य बिबाह

एजेन्सी/

भदौ १३, लसएन्जल्स । संगै बस्न थालेको करिब ९ बर्ष भयो, ६ जना छोराछोरी (२ जना आफै जन्माएका र ४ जना धर्म सन्तान बनाएका) पनि भए । तर बिहे बल्ल आएर गरियो । यो अनौठो र बहुप्रतिक्षित बिहे हो हलिउडका बहुचर्चित जोडी एन्जेलिना जोली र ब्राड पिटको ।angelina-jolie-brad-pitt

दुइ बर्ष अगाडी इन्गेजमेन्ट गरेका उनिहरुले गएको शनिवार फ्रान्समा बिहे गरेका हुन् । ब्राड अहिले ५० वर्षका भएका छन् भने जोली ३९ वर्षकी भएकी छिन् । अन्तराष्ट्रिय संचार माध्यमहरुले यो जोडीको नामकरण पनि गरिसकेका छन् ब्रान्जेलिना ।

अरबपति यो जोडीको बिहे धुम धडाकाका साथ हुन्छ होला भन्ने आम फिल्मकर्मीका अनुमान विपरित यो जोडीको बिबाह सामान्य रुपमा सम्पन्न भएको थियो । उनिहरुका सिमित आफन्तलाई मात्रै बिबाहमा निम्ता गरिएको थियो । उनिहरुका बच्चा बच्ची आफ्नै बाबु आमाको बिहेमा जन्ती बनेका थिए ।

उनिहरु दुबैको यो विबाह पहिलो भने होईन । ब्राण्डले यसअघि अभिनेत्री जेनिफर एनीस्टनसंग बिबाह गरेका थिए भने जोलीले जोनी लि मिलर र बिली बोब थोनर्टसंग बिबाह गरेकी थिईन् ।

सम्बन्धित शिर्षकहरु