चर्चित गायक सरोज गोपालको ६३ बर्षको उमेरमा निधन

असनेपाल न्युज सम्बाददाता/

साउन २९ काठमाडौँ — नायक श्रीकृष्णको निधन भएको १ हप्ता नबित्दै नेपाली कलक्षेत्रले अर्का एक चर्चित गायक गुमाएको छ। saroj gopalगायक तथा संगीतकार सरोजगोपालको ६३ बर्षको उमेरमा आज बिहान निधन भएको छ। दर्जनौ लोकप्रिय गीतका सर्जक तथा गायक सरोजगोपालको पोखराको मोहोरियाटोलस्थित आफ्नै निवासमा बिहिबार बिहान निधन भएको हो । लामो समयदेखि मधुमेहबाट पीडित सरोजगोपाललाई अघिल्लो बुधबार बेलुका सम्म स्वास्थ्यमा खास गम्भीर असर देखिएको थिएन।

देउराली उकाली चढेर…., मायालुको मोहनी बोलि…, करोडौं मुटुहरुको एउटै ढुकढुकी नेपाल र नक्कलीलाई भगाई लग्यो झिल्केले… जस्ता अमर गीतमा गायक सरोज गोपाल पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष पनि हुन्। २०३०/ ४० को दशकमा सर्वाधिक लोकप्रिय गायक गोपाल लामो समय समय रेडियो नेपालको केन्द्रीय र पोखरा क्षेत्रिय प्रशारण सेवामा कार्यरत हुनुहुन्थ्यो ।  स्वर्गीय सरोजगोपाल पछिल्लो समय स्थानीय माछापुच्छ्रे एफएममा कार्यरत हुनुहुन्थ्यो।

नक्कलीलाई भगाई लग्यो झिल्केले झिल्केलाई ताल पर्‍यो, तिमीहामी सोझालाई फक्कैमा गाल पर्‍यो भन्ने उनको गीत पञ्चायतकालमा केही वर्ष प्रतिबन्धित भएको थियो। सरोज गोपालको निधनले नेपाली कलक्षेत्र खासगरी संगीत आकाशले एक नक्षत्र गुमाएको पोखरामा जन्मिएका चर्चित लोक गायक ऋषि अधिकारीले प्रतिक्रिया दिनु भयो । आफुले  ठुलो दाजु जस्तै माया गर्ने मान्छे गुमाएको भन्दै अधिकारीले गोपालको मृत्यु नेपाली संगीतमा अपुरनिय क्षति भएको बताउनु भयो ।

स्वर्गीय सरोगगोपालकी जीवनसाथी बाबा राणा पनि गायन क्षेत्रमा सक्रिय हुनुहुन्छ। उहाहरुका एक छोरा र एक छोरी छन् तथा २ नातिनी छन्।

– See more at: http://nagariknews.com/main-story/story/22951.html#sthash.JpkOirtz.dpuf

सम्बन्धित शिर्षकहरु