भारतीय विदेशमन्त्री स्वराज स्वदेश प्रस्थान

साउन ११ । काठमाडौ, नेपाल भ्रमणमा रहनुभएकी भारतीय विदेशमन्त्री सुस्मा स्वराज आज स्वदेश भारतीय विदेशमन्त्री स्वराज स्वदेश प्रस्थान साउन ११ ।

काठमाडौ, नेपाल भ्रमणमा रहनुभएकी भारतीय विदेशमन्त्री सुस्मा स्वराज आज स्वदेश फर्कनु भएको छ । २३ बर्षपछि भएको नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन शुक्रबार साँझ काठमाडौं आउनुभएकी स्वराज आज बिहान साढे १० बजेपछि स्वदेश फर्किनु हुने भएको हो ।

यसैबीच भारत फर्कनु भन्दा अघि मन्त्री स्वराजले आज बिहान नेकपा एमालेका नेताहरुसँग भेटवार्ता भएको छ । भेटवार्ता बौद्धस्थित होटल हायातमा भएको हो । एमाले कार्यबाहक अध्यक्ष बामदेव गौतमसँग हिजो नै भेटघाटको समय तय भएपनि व्यवस्तताका कारण भेटवार्ता हुन नसकेपछि आज भएको हो । गौतमलाई भेटवार्ताका लागि मल्ल होटलमा बोलाएर नआएको भन्दै एमाले नेताहरु हिजो रुष्ट भएका थिए । गएराति अबेर सम्पन्न परराष्ट्रमन्त्रीस्तरीय नेपाल-भारत संयूक्त आयोगको बैठकमा नेपाल र भारतबीच भएको सन् १९५० को सन्धी पुनरावलोकन गर्न दुवै पक्ष सहमत भएका छन् । स्वराजले यसअघि नै राष्ट्रपति डाक्टररामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, सभामुख सुवास नेम्वाङ तथा विभिन्न मधेसवादी दलका नेताहरुसँग भेटवार्ता गर्नु भएको थियो । भएको छ ।

२३ बर्षपछि भएको नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन शुक्रबार साँझ काठमाडौं आउनुभएकी स्वराज आज बिहान साढे १० बजेपछि स्वदेश फर्किनु हुने भएको हो .

यसैबीच भारत फर्कनु भन्दा अघि मन्त्री स्वराजले आज बिहान नेकपा एमालेका नेताहरुसँग भेटवार्ता भएको छ । भेटवार्ता बौद्धस्थित होटल हायातमा भएको हो ।

एमाले कार्यबाहक अध्यक्ष बामदेव गौतमसँग हिजो नै भेटघाटको समय तय भएपनि व्यवस्तताका कारण भेटवार्ता हुन नसकेपछि आज भएको हो ।
गौतमलाई भेटवार्ताका लागि मल्ल होटलमा बोलाएर नआएको भन्दै एमाले नेताहरु हिजो रुष्ट भएका थिए ।

गएराति अबेर सम्पन्न परराष्ट्रमन्त्रीस्तरीय नेपाल-भारत संयूक्त आयोगको बैठकमा नेपाल र भारतबीच भएको सन् १९५० को सन्धी पुनरावलोकन गर्न दुवै पक्ष सहमत भएका छन् ।

स्वराजले यसअघि नै राष्ट्रपति डाक्टररामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, सभामुख सुवास नेम्वाङ तथा विभिन्न मधेसवादी दलका नेताहरुसँग भेटवार्ता गर्नु भएको थियो ।

सम्बन्धित शिर्षकहरु