ताइवानमा बिमान दुर्घटना: ४७ जनाको मृत्यु

एजेन्सीको सहयोगमा असनेपाल न्युज सम्बाददाता/

साउन ८, काठमाडौँ- ताइवानको पेन्गुमा  ट्रान्स यसिया एरवेजको विमान  दुर्घटना हुदाँ ४७ जनाको मृत्यु भएको छ । चट्यांग परिरहेको समयमा आकस्मिक अवतरण गराउँन खोज्दा बिमानस्थलको रनवेमा बुधबार जहाज दुर्घटना भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

७० सिट क्षमताको ATR 72 सो जहाज दुर्घटना हुदा वरिपरिका घरहरुमा पनि आगलागी भएको थियो । आगलागी भएका घरमा बसेका मध्ये कसैको पनि मृत्यु हुन नपाएको रोएटर्सले जनाएको छ । जहाजमा ५४ यात्रु र ४ चालक दलका सदस्य रहेका थिए । दुर्घटनामा परि घाइते भएका ११ जनालाई नजिकको अस्पतालमा लागिएको ताइवानी सरकारले जानकारी गराएको छ ।

 

 

सम्बन्धित शिर्षकहरु