एमाओवादीले आन्तरिक विवाद र बैचारिक लडाईंको समाधान गर्दै

असार २८ ।काठमाडौ, एकीकृत नेकपा माओवादीले पछिल्लो क्रममा भैरहेको बैचारिक लडाई र आन्तरिक लडाईंलाई अन्त्य गरेर अन्य सबै समस्याको समाधान खोज्ने निर्णय गरेको छ ।

महाधिवेसनपछि चर्किएको आन्तरिक विवादलाई एमाओवादीले यतिबेला समाधान गर्ने प्रयास गरिरहेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले हिजो गठन भएको पाँच सदस्यीय समितिलाई बैचारिक छलफललाई चाँडो निष्कर्षमा पुराउन निर्देशन दिएको छ ।

एमाओवादीमा पछिल्लो क्रममा बैचारिक लडाई भैरहेको भनिएकाले यसको अन्त्य गरेर अन्य सबै समस्याको समाधान खोज्न समिति बनाउने निर्णय गरेको थियो ।

समितिमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ र पोष्टबाहादुर बोगटी, बरिष्ठ नेता डा.बाबुराम भट्टराई र महासचिव कृष्णबाहादुर महरा रहनु भएको छ ।

 

सम्बन्धित शिर्षकहरु