भोलिदेखि नेपाल­-भारत सुरक्षा बैठक काठमाण्डौमा सुरु हुने

असार २१ । काठमाडौँ,नेपाल र भारतमा पालै पालो हुँदै आएको सुरक्षासम्बन्धी नेपाल­-भारत द्विपक्षीय परामर्श समूहको बैठक आइतवारदेखि काठमाडौँमा हुने भएको छ ।

बैठकमा भाग लिन १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर काठमाडौ आइसकेको भारतीय राजदूतावासका प्रवक्ता अभयकुमारले जानकारी दिनु भयो ।

बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले गर्नु हुनेछ ।

बैठकमा विगतमा भएका निर्णयको प्रगति समीक्षाका साथै भविष्यमा हुने आपसी सहयोगबारे विचारविमर्श हुनेछ ।

परामर्श समूहको बैठक बर्सेनि नेपाल र भारतमा आलोपालो गरी हुँदै आएको छ ।

दुई दिने उक्त बैठकमा दुवै मुलुकका परराष्ट्र, कानुन, रक्षा मन्त्रालयका साथै सुरक्षा निकायका उच्च अधिकारीले भाग लिनेछन् ।

सम्बन्धित शिर्षकहरु