विराटनगरमा आफ्नै शिक्षकबाट एक किशोरी बलात्कृत

असार २० ।मोरङ,विराटनगर उपमहानगरपालिकाकी १४ वर्षिय बालिका आफ्नै शिक्षकबाट बलात्कारको शिकार भएकी छन ।

बिराटनगर ६ मा रहेको गोग्राह उच्चमाबिमा अध्यापन गराउने शिक्षक दिपेन्द्र विश्वासले ती किशोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

असार १५ गते आफुले पढाउने बालिकालाई घरमा बोलाएर दीपेन्द्रले बलात्कार गरेका हुन् ।

मोरङका एक शिक्षकले आफैँले पढाउने छात्रामाथि बलात्कारको प्रयास गरेको कुरा खुलासा भएको हो ।

आफ्नै घरमा बोलाएर ती शिक्षकले बालिकामाथि बलात्कार गरेका थिए ।

उनले बालिकालाई तिमीसँग काम छ भन्दै घरमा बोलाएर बलात्कार गरेका थिए ।

बालिकामाथि शिक्षकले जवरजस्ती करणी गरको उजुरीपछि प्रहरीले अहिले शिक्षक विश्वासलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट शिक्षक विश्वासले आफ्नै छात्रामाथि बलात्कार गरेको खुलेको छ ।

सम्बन्धित शिर्षकहरु