ट्रिपरको ठक्करबाट घरमा सुतिरहेका दुई जनाको मृत्यु

असार १६ ।काठमाडौ, काठमाडौ नाङ्ढुङ्गा सडकखण्डमा ट्रिपरको ठक्करबाट घरभित्र सुतिरहेका २ जनाको मृत्यु भएको छ ।

गएराती थानकोटबाट नौविसे जाँदै गरेको बा २ ख ३९९२ नम्बरले बाडभङ्ज्याङ स्थिति पिलाको मोडसडकखण्डमा ट्रिपरल घरमा ठोकिंदा घरधनी ७० बर्षका बलराम बोहोरा र उहाँका श्रीमति मैयाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

थानकोट प्रहरीका अनुसार उहाको शबबिहान मात्रै निकालीएको थियो ।

चालकलाई नियन्त्रणमा लिइसकिएको प्रहरी जवान विश्व खनालले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षकहरु